हेटौंडा – हेटौंडा उपमहानगरपालिका–५ मा ट्वाइलेटमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिप्लेस्थित एक घरमा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्लाका ४६ वर्षीय ज्ञान बहादुर कटुवाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा कटुवाल ट्वाइलेटमा लडेर बेहोस अवस्थामा भेटिएका थिए । कटुवाललाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।