प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८० कार्तिक १५, बुधबार ०८:४७ बजे

काठमाडौं – तरकारी बोकेको गाडीको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादव रहेका छन् ।

राजपुर गाउँपालिका–२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट यादव गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि ८ बजे लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर–२ की २६ वर्षीया सविना यादव घाइते छिन्। उनको लमही अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।