हेटौंडा – राप्रपा नेपाल आबद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल मकवानपुरको अध्यक्षमा कविराम पोखरेल चयन भएका छन् ।
बुधबार पोखरेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । समितिका उपाध्यक्षहरुमा सन्जिव चौलागाईं , सरिता चौलागाईं , सचिवमा नवराज अधिकारी चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा आर्जन खतिवडा, सदस्यहरुमा शंकर पाण्डे, राम बिश्वकर्मा, सुजन ढकाल, बुद्ध लामा, विज्ञान भुजेल, रोशन दङ्गाल, अमिर चौलागाईं , आयुष दुलाल, शुभाष राई, सन्तोष बिक, पुरुषोत्तम सापकोटा ,सन्जिता फुयाँल,अन्मिता लुईटेल लगायत रहेका छन् ।