प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा डाक्टर कुटपिट प्रकरण: थप एक जना पक्राउ

२०८० आश्विन २४, बुधबार १९:०८ बजे

हेटौंडा – हेटौंडामा दूई जना डाक्टरमाथि कुटपिट घटना संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १२ सिक्रनी बस्ने ३६ बर्षीय सुवाश स्याङतान रहेका छन् ।

हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको भन्दै मृतकका आफन्तसहित एक समूहले गत भाद्र २७ गते डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि कार्यकक्षमै कुटपिट गरेका थिए ।

स्याङतानलाई हेटौंडा–१० बसपार्कबाट नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  हालसम्म चिकित्सक कुटपिट तथा दुब्यवहार घटनामा पक्राउ पर्नेको सङ्ख्या ७ पुगेको छ ।

यसअघि हेटौंडा–१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन, रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान, अनुप प्रधान, ३६ बर्षीय जिवन लामालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये रमा मृतककी श्रीमती, रोहीत छोरा, रमिता छोरी र अनुप भतिज हुन् ।

सम्बन्धित समाचारहरु:–

हेटौंडा डाक्टर कुटपिट प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

डाक्टर कुटपिट प्रकरणः हेटौंडा–९ बाट थप एक जना पक्राउ

हेटौंडा अस्पतालका डा. विडारी सञ्चोमा कसरी कुटिन पुगे ?, मृतक पक्षधर न्याय माग्न सडक तताउँदै

एकीकृत समाजवादी मकवानपुरद्वारा चिकित्सक कुट्नेलाई हदैसम्म कारवाही माग

चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

हेटौंडामा एक औषधी व्यवसायीद्वारा स्थानीय प्रशासनको व्यंग्यात्मक विरोध: टाउकोमा हेल्मेट र हातमा लौरी

मकवानपुरमा डाक्टर साबहरुको आन्दोलन सुरु

डाक्टर साबहरुको ७२ घण्टे अल्टिमेटम, माग पुरा नभए आन्दोलनमा उत्रिने

हेटौंडामा दुई डाक्टर कुटिए