हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.११ नवलपुरमा मंगलबार साँझ योद्धा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१च ४१४० नम्बरको योद्धा गाडीले विपरित दिसातर्फ जादै गरेको ना.३४प ११९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने ३० बर्षीय अनिल बर्तौला र पछाडी सवार सोही स्थान बस्ने ४२ बर्षीय सरोज पुडासैनी रहेका छन् । प्रहरीका अनुसार बर्तौलाको टाउको र बाँया खुट्टामा चोट लागेको छ भने पुडासैनीको अनुहार र बाया खुट्टमा चोट लागेको छ ।
दुबै जनाको उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाएकोमा मोटरसाइकल चालक बर्तौलालाई थप उपचारको भरतपुरतर्फ पठाईएको प्रहरीले जनाएको छ । गाडी र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
सांकेतिक तस्बीर