हेटौंडा – हेटौंडामा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको मृत्यु भएको छ । मृत्यु हुनेमा राष्ट्रिय अनुसन्धान कार्यालय सिंहदरबारमा कार्यरत सूचक कञ्चनपुर भिमदत्त नगरपालिका–२ घर भएका ३८ वर्षीय विवेक साउद रहेका छन् ।
राष्ट्रिय अनुसन्धानको ईन्टलिजेन्ट शिक्षालय तालिमका लागि हेटौंडा आएका साउद सोमबार बिहान शारिरिक ब्यायाम गर्ने क्रममा एक्कासी लडेर बेहोस भएका थिए । उनको उपचारको क्रममा मकवानपुर सहकारी अस्पतालमा विवेकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।