प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको चुरियामाईबाट एक युवक पक्राउ

२०८० भाद्र २३, शनिबार १२:२८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चुरियामाईबाट बिहिबार २९५ एम्पुल लागूऔषध डाईजेपाम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका वडा नं.९ पोखरिया बस्ने २३ बर्षीय जुगेश्वर राउत कुर्मी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त प्रहरीको चेकजाँच टोलीले वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख०३०५ नम्बरको यात्रुबाहक माईक्रो बसमा सवार कुर्मीलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।

शंका लागेर माईक्रो बसबाट ओरालेर रितपुर्वक खानतलासी गर्दा कुर्मीको साथमा रहेको झोलाभित्र लुकाई छिपाई ल्याएको अबस्थामा लागुऔषध डाईजेपाम १०० एम्पुल, फेनार्गन ८६ एम्पुल र नुफिन ९९ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागुऔषध सहित कुर्मीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।