हेटौंडा – मकवानपुरमा घाँस काट्ने क्रममा हावाहुरीले रुख भाच्चिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं.२ ट्याङ्की दमार बस्ने २२ बर्षीय राम बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहानको समयमा गोले आफ्नै घरबाट करिब ७०० मिटर पुर्वतर्फ आफ्नै बारीमा घाँस काट्न गएका थिए । सोही क्रममा अचानक आएको हावाहुरी र पानीको कारणले साजको रुख भाच्चिँएर लाग्दा गोलेको घटबास्थलमा नै मृत्यु भएको भण्डारीले बताए ।
घटनास्थलबाट कानुनी प्रकृया पश्चात शव पोष्टमाटमको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।