हेटौंडा– त्रिभुवन राजपथ राजमार्ग अन्तर्गत चित्लाङ–चन्द्रागिरी–काठमाण्डौ सडक खण्ड सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो क्षेत्रको सडकमा खसेको पहिरो हटाएपछि चित्लाङ–चन्द्रागिरी–काठमाण्डौ सडकखण्ड एकतर्फी सुचारु भएको हो ।
त्रिभुवन राजपथको अन्य स्थानमा खसेको पहिरो हटाएर पूर्ण रुपमा सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ, कान्तिलोकपथ,भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ र कुलेखानी–मातातीर्थ काठमाडौँ सडकमा बाढीपहिरोको कारण अवरोध कायमै छ ।
प्रतिकुल मौसम, सडकमा ठुलो पहिरो तथा कटान र भौतिक संरचनामा समेत क्षति हुँदा सडक सुचारु हुन समय लाग्ने बताईएको छ । सडक खुलाउनका लागि स्थानीय तह र सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।