प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका श्रेष्ठ प्रहरीको फन्दामा

२०७९ पौष ११, सोमबार ०७:०६ बजे

मकवानपुर – प्रहरीले हेटौंडाबाट नियन्त्रित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्क बस्ने ३८ वर्षीय नरेन्द्र श्रेष्ठलाई नियन्त्रित लागूऔषध एकसय एमएलको वानरेक्स ३ सय ५४ बोतल सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले घर नजिकै सटर भाडामा लिएर संचालन गरेको मदिरा पसलमा अवैध लागुऔषध बिक्री गरेको भन्ने विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध सहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध र श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान भइरहेको बताईएको छ ।