प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारीको ठक्करबाट एकको मृत्यु

२०७९ जेठ १८, बुधबार ०६:४४ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका स्थित यात्रुबहाक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

हेटौंडा–९ कर्रा पुल नजिकै बसको ठक्करबाट अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्रीको उपचारको क्रममा हैटौंडा अस्पतालमा मृत्यु भएको हो । एक बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता कार्कीले बताए ।