प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भीमफेदीमा पहिरो, हेटौंडा-भीमफेदी-काठमाडौं सडक अवरुद्ध

२०७९ असार १५, बुधबार ११:०५ बजे

हेटौंडा – वर्षाका कारण भीमफेदी गाउँपालिका वडा नं.४ केराघारीमा पहिरो गएको छ । पहिरो गएपछि हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडक अवरुद्ध भएको भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यसअघि इन्द्रसरोवर गाउँपालिका वडा नं.३ रामचन्द्र भञ्ज्याङमा पनि पहिरोले गएको छ । पहिरोका कारण सिस्नेरी सडकखण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ । त्यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ वर्षासँगै सवारी आवागमनमा रोक लगाइएको छ । निर्माणकै क्रममा रहेको उक्त सडकमा बर्षाको कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै सवारी आवातजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनले पहिरो हटाउनको लागि काम भइरहेको बताए ।