प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट तीन जना पक्राउ

२०८० भाद्र २९, शुक्रबार ११:०५ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट शुक्रबार लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका–९ टाँगा बस्ने ३० बर्षीय अमिर लाल प्रसाद यादव, सोहि बस्ने ४५ बर्षीय जंग बहादुर पासवान र ३२ वर्षीय मनोज यादव रहेका छन् ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध गाँजा ६ किलो फेला परेको हो । उनीहरुलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।