हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बरौली खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय धनबहादुर बलको छोरी १० वर्षीया रसमती बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, मृतक बल खेतमा जाँदा खोला हेर्ने क्रममा आफैं चिप्लिएर खोलामा लडेकी थिइन् । मृतक बललाई बाढीले बगाएर करिब ५ सय मिटर तल पु¥याएको थियो । मृतक बलको शव स्थानीय र प्रहरी चौकी ठुलोदमारको टोलीले खोला किनारमा फेला पारेको थियो ।