प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा सवारी दुर्घटना हुँदा नेपाली सेनाका सुबेदार अधिकारी गम्भीर घाइते

२०७९ भाद्र १५, बुधबार १०:१६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ मा बुधबार रोकेर राखेको डिआइ गाडीमा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक सुपारेटार ब्यारेक हेटौडामा कार्यरत नेपाली सेनाको सुबेदार ४० वर्षीय प्रकाश अधिकारी रहेका छन् ।

हेटौंडा–२ पलपसा रोडस्थित भित्रीसडक खण्डमा राखेको बा १० च ७९१५ नम्बरको डिआइ गाडीमा साढे १० बजे ना ४३ प ९८ नम्बरको मोटरसाइकल ठोक्किँएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते अधिकारीको हेटौंडा अस्पतालबाट थप उपचारको लागि छाउनी अस्पताल काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ।

दुबै सवारी साधन सहित गाडी चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।