प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अत्याधिक गर्मी बढेसंगै मकवानपुरमा पनि विदा दिन सुरु

२०८० जेठ २०, शनिबार ०७:४८ बजे

हेटौंडा – पछिल्लो समय बढ्दो गर्मीका कारण हेटौंडा लगायत आसपासका स्थानीय तहको जनजिवन प्रभावित बनेको छ । गर्मीकै कारण स्कुले बालबालिका, वृद्धवृदाहरुमा विभिन्न खाले स्वास्थ्य समस्याहरु देखिन थालेको छ ।

यहि कुरालाई मध्यनजर गर्दै मकवानपुरको बकैंया गाउँपालिकाले एक हप्ता र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ तीन दिन विद्यालको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । 

बकैया गाउँपालिकाले एक सुचना जारी गर्दै जेठ २१ गतेदेखि २७ गतेसम्म एक साताका लागि विद्यालय विदा दिने निर्णय गरिएको जनाएको छ । हेटौंडा–५ वडा कमिटीको बैठकले यही सामुदायिक तथा निजी बिद्यालयहरु जेठ २१, २२ र २३ गते बन्द गरिने निर्णय गरिएको जनाएको छ ।

बकैया गाउँ शिक्षा समितिले बर्षे विदामा मिलान हुनेगरी बकैयाको सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको हो । विद्यार्थीको पठनपाठन बन्द भएपनि विद्यालयको प्रशासनिक काम नियमित रुपमा सुचारु रहने बताईएको छ ।