हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरको १० वटा स्थानीय तहमा हालसम्म ६ सय ९१ जनाले उम्मेदवारी दर्ता गरेको छन् ।आइतबार र सोमबार साँझ ५ बजेसम्म जिल्लाका १० वटा स्थानीय तहमा गरी ६ सय ९१ जना उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नगर प्रमुखमा १४ जना, गाउँपालिका अध्यक्षमा ३० जना, नगर उपप्रमुखमा ७ र उपाध्यक्षमा १६ जना म्मेदवारले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडाध्यक्षमा १ सय ७३ जना, महिला सदस्यमा १ सय १८ जना, दलित महिला वडा सदस्यमा १०० जना र वडा सदस्यमा २ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले एक सूचना मार्फत जानकारी दिएको छ । सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मनोनयन दर्ता धमाधम भइरहेको आयोगले जनाएको छ ।