हेटौंडा – प्रहरीले नियन्त्रित लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पर्साको वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय बिकाश मगर, २५ वर्षीय सानु भाई नेपाली र चितवन टाडी नगरपालिका–६ बस्ने २३ वर्षीय सतार आलम रहेका छन् ।
उनीहरुलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३ एम्पुल, फेनारगन ३ एम्पुल, नुर्फिन ३ एम्पुल र नाईट्राभेट १५ ट्याब्लेट सहित बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरमाथि अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।