हेटौंडा – शनिबार बागमती प्रदेशको छुट्टाछुट्टै स्थानमा भएको ७ वटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
चिनवनको ईच्छाकामना गाउँपालिका–४ मा रा १ ख ३११७ नम्बरको बसको ठक्करबाट भारत सिपुरा बस्ने ८५ बर्षीय रामजेश मैरियाको मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । उनी यूपि ६५ एटी ८३९५ नम्बरको भारतीय नम्बर प्लेटको बस मनकामना दर्शनका लागि आएका थिए । उनलाई लुप्लुङ माध्यामिक बिद्यालय नौवहिनी गाउँपालिका प्युठानबाट शौक्षिक अबलोकन भ्रमणमा आएको बसले पछाडि गर्ने क्रममा ठक्कर दिएको हो । प्रहरीले बस र चालक नियन्त्रणमा लिएको छ ।
चितवनकै माडी नगरपालिका– १ गर्दीमा बा.प्र.०३ ०४ प ८९१७ नम्बरको मोटरसाइकललाई पहिचन नभएको सवारीसाधनले ठक्कर दिंदा वडा सदस्य ६० बर्षीय जीव लाल लुइटेलको घटनास्थलमै मृत्यु भएको छ । उनी माडी नगरपालिका वडा नम्बर २ बाट निर्वाचित वडासदस्य हुन् । ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै रत्ननगर नगरपालिका–३ मा बिएसी ९१३२ नम्बरको टाटा पिकअप गाडीको ठक्करबाट साईकलयात्री खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने ४५ बर्षीया शबु चौधरी घाइते भएकी छन् । उता भरतपुर महानगरपालिका–२० धर्मभकारीमा ना २६प ९२७४ नं.को स्कुटरको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री ६८ बर्षीय मोहन ठकुरी घाइते भएका छन् ।
यस्तै भरतपुर महानगरपालिका–२१ देविदर्शनमा ना ६३ प १२७३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुंदा सोही मोटसाइकलको पछाडी सवार ७५ बर्षीया मनसरी बि.क. घाइते भएकी छन् । चितवनकै कालिका नगरपालिका–१ खुकुरीचोकमा कालिका ना ६५ प ६२२४ न.को मोटरसाइकल दुर्घटना हुँदा चालक रत्ननगर–१६ बस्ने २१ बर्षीय सुजन कुमाल घाइते भएका छन् ।
यसैगरी धादिङको गजुरी गाउँपालिका– १ चालिसेमा काठमाण्डौबाट पोखरा जादै गरेको बा.प्र०१–०२६ च ५५२९ नं को बोलेरोलाई बिपरित दिशाबाट आउदै गरेको बा.प्र०१–०२८च३८३५ नं.को बोलेरो ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ५५२९ नं.को बोलेरो चालक दोलखा तामाकोशी–३ बस्ने ३९ बर्षीय दिप बहादुर महत, ३८३५ नं.को बोलेरो चालक धादिङ निलकण्ठ–१२ बस्ने २५ बर्षीय सुजन घिमिरे र २२ बर्षीय राम प्रसाद घिमिरे घाइते भएका छन् । उनीहरुको राष्ट्रिष् ट्रकम सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।