प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हेटौंडा–१५ बाट मुक्तान पक्राउ

२०८१ बैशाख २०, बिहीबार २०:४२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं.१० बस्ने बर्ष ४० को पाल्साङ मुक्तान रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुधबार हेटौंडाबाट पथलैया तर्फ जादै गरेको ना ५ ख ५२६७ नम्बरको यात्रुबाहक बसमा सवार यात्रु मुक्तानलाई शंका लागेर चेकजाच गर्दा ५ किलो १०० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

उक्त गाँजा सहित मुक्तानलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिए थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।