प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा आगोले जलेर गम्भीर घाइते महिलाको मृत्यु

२०८० माघ २५, बिहीबार १७:५९ बजे

हेटौंडा – मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरीरमा आगो लाग्दा घाइते भएकी भीमफेदी–६ तारगाउँकी स्थानीय ४५ वर्षीय पार्वती रम्तेलको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगोले जलेर गम्भीर घाइते भएकी रम्तेलको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको थियो । उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।