प्रहर खबर
 २०७९ चैत्र ८, बुधबार    

मकवानपुरगढीको कृष्णलाई नयाँ बाँसुरी

२०७९ कार्तिक १८, शुक्रबार २१:२० बजे

हेटौंडा – मकवानपुरगढी दरवार परिसरमा रहेको वंशगोपाल मन्दिरको कृष्ण भगवानको मुर्तिको बाँसुरी परिवर्तन गरिएको छ । हरिबोधनी एकादशीको अवसरमा स्थानीय युवा व्यवसायी कुमार दियालीको सहयोगमा बाँसुरी परिवर्तन गरिएको हो ।

शुक्रबार विहानै कुमारले मन्दिरमै पुगेर मकवानपुरगढी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष बखान सिंह पाख्रिनलाई बाँसुरी हस्तान्तरण गेरका हुन् ।

उक्त बाँसरी पञ्चधातुबाट बनाईएको बाँसुरीलाई कृष्ण मुर्तिमा राखिएको वडाध्यक्ष पाख्रिनले बताए । ‘मुर्तिको पहिलेको बाँसुरी सानो थियो, अहिले ठुलो राखिएको हो ।’ वडाध्यक्ष पाख्रिनले भने ।

हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा मकवानपुगढी दरवार परिसरमा ठुलो मेला लाग्ने गरेको छ । धार्मिक पर्यटकिय स्थलको रुपमा परिचित मकवानपुरगढी दरवार परिसरमा भक्तजनहरु तथा मेला हेर्नेको ठुलो भिड लागेको थियो ।

गत बर्षको तुलनामा यस बर्ष मन्दिर दर्शन र मेला हेर्न आउने मानिसको बढी भिड लागेको वडाध्यक्ष पाख्रिनले बताए ।‘कोरोना कहर यता मेला राम्रोसंग लगाउन सकिएको थिएन, यसपटक जात्रा हेर्न आउने मानिसको सङ्ख्या बढी नै छ ।’ उनले भने । यसपटक प्रहरी, स्थायीयहरुको सहयोगमा मेला शान्तिपुर्ण रुपमा भएको उनको भनाई छ ।