प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एक गोठमा आगलागी: मकै, सालको काठ, जस्तापाता जलेर स्वाहा

२०८० पौष १, आईतबार २१:३८ बजे

हेटौंडा – मकवानपुको हेटौंडा उपमहानगरपालिका वडा नं.१३ टुटेपानीमा एक गोठमा आगलागी भएको छ । आइतबार साँझ स्थानीय उत्तम गुम्जाको गोठमा आगलागी भएको हो ।

आगलागीबाट गोठमा रहेको १५०० केजी मकै, ३५० क्यूफिट सालको काठ, ९ फिटको १३५ थान जस्ता पाता जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मानविय क्षति भएको छैन भने गोठमा बाधिएको २ वटा राँगाको अगाडी र पछाडिको भाग जलेको छ ।

हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी, स्थानीयको सहगोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीेले जनाएको छ । आगलागीले गरेको क्षतिको मुल्याङ्कन भने हुन बाँकी छ ।