प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढी ३ को वडाअध्यक्षमा एमालेका घिमिरे निर्वाचित

२०७९ जेठ ३, मंगलबार ०३:५० बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेका भागवत घिमिरे विजयी भएका छन् । घिमिरेले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) काअर्जुन प्रसाद दाहाललाई ५७ मतले पराजित गरेका हुन् । निवर्तमान वडाअध्यक्ष समेत रहेका घिमिरेले ९४३ मत प्राप्त गर्दा दाहालले ८८६ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यहरुमा महिला सदस्य मन्जु योन्जनले १०१३ , दलित महिला सदस्य बिमला बिकले ९९६ , खुल्ला सदस्यहरूमा प्रेमबहादुर थोकरले ९९६ र बिदुर हुमागाईले १०३० मत गरेका छन् ।

यससँगै मकवानपुरगढीमा एमालेले वडाअध्यक्षमा खाता खोलेको छ । यसअघि वडा नम्बर ६ नेपाली काङ्ग्रेसका वडाअध्यक्षका उम्मेदवार मात्रै बिजयी हुँदा बाकी १,२,७ र ८ नम्बर वडामा प्यानलै विजयी भएका छन् ।

पछिल्लो अपडेट अनुसार १,२,३,६,७ र ८ को १० हजार १३६ मत गणना हुँदा गाउँपालिका अध्यक्षमा एमालेका गाउँपालिकाका अध्यक्षका बिदुर हुमागाईले ९४८ मतले पछि छन । गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले ४९५९ मत प्राप्त गरेका छन् भने हुमागाईले ४०११ मत प्राप्त गरेका छन् ।

अब वडा नम्बर ४ र ५ वडाको मत गणना जारी छ ।