प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट दुई महिला पक्राउ

२०८० श्रावण ३०, मंगलबार १४:५४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध सहित दुई महिला पक्राउ परेका छन् । पक्राउ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ३२ बर्षीया र ३५ बर्षीया महिला रहेका छन् ।

पक्राउ गरिएको दुई महिलाको नाम खुलाईएको छैन । मंगलबार बिहान बसपार्कस्थित पृथ्वी बस काउन्टर अगाडी शंकास्पद अवस्थामा बसिरहेका दुई महिलालाई रितपुर्वक खानतलासी गर्दा उनीहरुले बोकेको झोलाबाट १२ किलो ६०० ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।