प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०७९ भाद्र १३, सोमबार ११:०३ बजे

हेटौंडा – चितवनको भरतपुर महानगरपालिका ५ कल्याणपुरमा सोमबार बिहानै टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर २७ दिव्यनगरका ३३ वर्षीय विजय भुजेल रहेका छन् ।

भुजेलको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार बिहान पौने ४ बजे भुजेलको मृत्यु भएको हो । रोकी राखेको ना ७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३ ००४ प ५३७८ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे ठोकिएको थियो ।