प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

२०७९ कार्तिक २४, बिहीबार ०७:११ बजे

हेटौंडा – धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुर बकैया गाउँपालिका–४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरि बस्ने २७ वर्षीय सत्यमान घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट हातिसुडेतर्फ जादै गरेको बा.प्र.०३–००१ त ३४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा घिसिङको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

ट्याक्टरमै सवार बागमति गाउँपालिका–५ बगेरिकै ३५ को दमै सिङ सिन्तान घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

सांकेतिक तस्वीर