हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागसोतीमा दुई मोटरसाइकल आपसमा ठोक्किँएको छ ।
नागसोतिस्थित भित्रि सडकखण्डमा हरियालिबाट पशुपतीनगर जाँदै गरेक प्रदेश २–०३००१ प ५२५८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ४२ प २२२२ नम्बरको मोटरसाइकल एकआपसाम ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा हेटौडा–७ कमाने बस्ने बर्ष २५ को प्रशान्त खड्का, हेटौडा–१९ बस्तिपुर बस्ने बर्ष २० को मनिस कँडेल र हेटौडा ६ रामनगर बस्ने बर्ष ४५ को राजेश राई रहेका छन् ।
घाइतेको हेटौंडा र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतीकात्मक तस्बिर