हेटौंडा – काभ्रेमा बोलेरो जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बि।पी। राजमार्ग अन्तर्गत रोशि गाउँपालिका–११, पिप्लेमा बर्दिवासबाट काठमाडौं जाँदै गरेको बा.३७.प ७१२७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–०२४ च ८६३७ नम्बरको बोलेरो एकआपसमा ठोक्किँएको थियो ।
सवारी दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका–५, बस्ने ३६ वर्षीय श्याम बहादुर बोलनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । उनको उपचारको लागि धुलिखेल अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।