प्रहर खबर
 २०७९ चैत्र ८, बुधबार    

हेटौंडाको मयुरधापमा करेन्ट लगेर एक मजदुरको मृत्यु

२०७९ मंसिर ४, आईतबार १५:०९ बजे

हेटौंडा - मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके पैजापुर गाउँपालिका-४ घर भएका ३० बर्षीय ओम प्रकाश थारु रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीका अनुसार मयुरधापमा रहेको मकवानपुर कन्ट्रक्सन प्रा.ली. मा मोटर लगाएर ईनार खन्ने क्रममा अचानक बिधुत सर्ट भएर करेन्ट लाग्दा थारु बेहोस भएर ढलेका थिए । उनको उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको उनले बताए ।