हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् ।
आज भएको राप्रपा नेपाल मकवानपुरको संयुक्त बैठकले कार्कीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यसैगरि,बैठकले बिनोद लामिछानेको नेतृत्वमा ३१ सदस्यीय राप्रयुसं हेटौंडा नगर कार्यसमिति बनाएको छ ।
बैठकमा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला,केन्द्रीय सदस्यहरु बालकृष्ण कार्की र अम्बिका खतिवडा,जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।