हेटौंडा – मनमोहन प्राविधिक विश्वविद्यालयको भर्ना अभियानको टोलीले बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तरक्रिया गरेको छ । विश्वविद्यालयका डीन डा. प्रचण्ड मान प्रधान सहितको टोलीले शनिबार मकवानपुरका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरेको हो ।
प्रदेश १ मा स्थापना भएको देशकै पहिलो यस विश्वविद्यालको बारेमा, अध्यापन हुने विषय, भर्ना र सेवा सुविधाको बारेमा अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा इन्जिनियर नरेन्द्रकुमार डाँगीले विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रका लागि वी.ई.ईन. सिभिल इन्जिनियरिङ र वी.ई.ईन. इलेक्ट्रिकल एन्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङमा भर्ना खुलेको जानकारी दिए ।
स्नातक तहको चारवर्षे इन्जिनियरिङ विषयमा सिभिलतर्फ ४८ जना र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्सतर्फ २४ जना विद्यार्थीले भर्ना हुन पाउने डा. डाँगीले बताए । उक्त कोर्स पढन साधारण नेपाली विद्यार्थीले पाँच लाख ८५ हजार रुपैयाँ, विदेशी विद्यार्थीले आठ लाख ७७ हजार पाँच सय रुपैयाँ र प्रयोजित विद्यार्थीका लागि सात लाख ३१ हजार दुई सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको उनले बताए ।
विश्वविद्यालयले दलित, महिला र लक्षित बर्गका विद्यार्थीका लागिसमेत कोटा रहेको उनले बताए । बिई इन सिभिल इन्जिनियरिङ र बिई इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ दोस्रो शैक्षिक सत्रमा भर्ना हुन चाहने विद्यार्थीले प्रत्यक्ष वा अनलाइनमार्फत आवेदन गर्नुपर्ने बताए ।
मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहुप्राविधिक विश्वविद्यालयको अवधारण अनुरुप प्रतिस्पर्धात्मक, गुढास्तरयुक्त, उपलब्धिमुलक र अन्तराष्ट्रिय विकासक्रमसंग आवद्ध गर्ने उद्देश्यले विश्वविद्याल सञ्चालनमा ल्याएको डीन. डा. प्रधानले बताए ।
विश्वविद्यालमा तीन वटा स्कुल रहेका छन् । जसमा स्कुल आफ इन्जिनियरिङको भावी पाँच बर्षभित्र व्याचलर इएन बायोमेडिकल, वी.ई.ईन. मेकानिकल वा अटोमोवाइल, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल, इलोक्ट्रोनिक्स एण्ड कम्युनिकेशन र विधावारिधीतर्फ सिभिल तथा इलोक्ट्रोनिक इन्जिनियरिङ सञ्चालन गरिने लक्ष्य लिएको डा.प्रधानले बताए ।
‘नेपाली जनशक्तीले काम नपाउने तर, विदेशबाट दक्ष जनशक्ति आयात गर्नुपर्ने उद्योगहरूको बाध्यतालाई अन्त्य गर्न विश्वविद्यालयले उद्योगलाई आबश्यक जनशक्ति स्वदेशमै उत्पादन गर्न सुरू गरेको हो,’ डीन डा.प्रधान उनले भने । उनले स्वदेशी उद्योगका लागि आवश्यक सबै खालका दक्ष जनशक्ति उत्पादन गरेर भारतबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता १० वर्ष भित्रै अनत्य गर्ने दाबी पनि गरे।
उनका अनुसार तीनै वटा स्कुल सञ्चालनमा आएपछि दशबर्षमास्नातक, स्नातकोत्तर र विद्यावारिधी गरी २८ वटा विषयहरु सञ्चालन गर्ने लक्ष्य रहेको छ । सबै कार्यक्रमहरु सञ्चालन भएपछि २ हजार ८३१ जना विद्यार्थीलाभान्वित हुने उनले बताए ।
यस विश्वविद्यालयमा स्नातक तहको इन्जिनियरिङ विषयमा आधुनिक ल्याबसहित सबै भौतिक पूर्वाधार र आवश्यक जनशक्ति तयार गत वर्षदेखि पठनपाठन गराउन थालेको हो । शैक्षिक सत्र २०७८/७९ बाट स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहको बीईइन सिभिल र बीईइन इलेक्ट्रोनिक एण्ड इलेक्ट्रोनिक्समा २४/२४ जना विद्यार्थी भर्ना लिएर अध्यापन सुरु गरेका थियो ।