हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमानेमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा स्कुटर एक जना गम्भीर घाइते भएका छन् ।
ना ६ त ९८६७ नम्बरको ट्याक्टरले प्र ३–०३–००१ प ६२८० नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक हेटौंडा–८ मनकामना चोक बस्ने ४६ वर्षीय बबि थापा गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्वीर