हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–८ दारिमबासस्थित पुर्व–पश्चिम सडकखण्डबाट प्रहरीले लागुऔषध सहित तीन जना नियन्त्रणमा लिएको छ ।
भारत बिहार थाना बेतिया ग्राम पर्बत पथराई–५ बस्ने बर्ष २५ को सम्सोदिन अंसारी, बर्ष ४५ को श्याम किशोर सिंङ र बस्ने बर्ष १९ को दुर्लब कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार शंकास्पद अबस्थामा हिडिरहेको उनिहरुलाई चेकजाँच गर्दा लागुऔषध गाँजा ५ किलो ५७० ग्राम फेला परेको हो । लागुऔषध गाँजा उनिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।