प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका ठोकर र स्याङबो पक्राउ

२०७९ माघ २७, शुक्रबार १५:३५ बजे

हेटौंडा – मकवानपुर मनहरी गाउँपालिका–७ मनहरी बजारबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ बस्ने ४३ वर्षीय जगत बहादुर ठोकर र ५१ वर्षीया सन्चरि माया स्याङबो रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो । उक्त टोलिले शंका लागेर चेकजाँच गर्दा उनिहरुले भिरेको झोलाबाट २० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।