प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ट्रक र स्कारपियो ठोक्किँयो

२०८१ पौष ६, शनिबार १३:३७ बजे

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका–११, सिमात खोलाको पुलमा ट्रक र स्कारपियो एक–आपसमा ठोक्किँएको छ ।

म.प्र.०३-००२ ख १७२० नम्बरको केमिकल लोड ट्रक र बा १४ च ६३४५ नम्बरको स्कारपियोबीच ठक्कर खाई दुबै सवारी साधन पुलको रेलिङमा अड्किएका थिए।

यसले गर्दा सडक दुबैतर्फ अवरुद्ध भएको थियो। स्थानीय र सडक विभागको सहयोगमा दुबै सवारी साधनलाई हटाई राति १२:३० बजे बाटो सुचारु गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभए पनि दुबै सवारी साधनमा सामान्य क्षति पुगेको छ।