हेटौँडा – धरान चतरा सडक खण्ड अन्र्तगत पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ तीनतलेमा सवारी दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतवार विहान मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको लु १ ख ९८११नम्बरको ट्रक आफैं अनियन्त्रित भइ सडकको दाहिने पट्टी पल्टिएको हो । ट्रक सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।