प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा भेटियो एउटै मोटरसाइकलमा दुइटा फरक नम्बर प्लेट !

२०८० माघ २४, बुधबार ०९:३१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ प्रणामीचोकबाट एउटै मोटरसाइकलमा अगाडी पछाडि फरक–फरक नम्बर प्लेट भएको फेला परेको छ ।

हेटौंडा–१६ चिसापानी बस्ने ४४ बर्षीय मान बहादुर गोलेले चलाएको मोटरसाइकलमा अगाडी पछाडि फरक–फरक नम्बर प्लेट भएको पाईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार चौघडाबाट प्रणामी चोक आउदै गरेको ईन्जिन न.DHGBTG46744, च्याचिस न.MD2DH को पल्सर मोटरसाइकलको अगाडीको नम्बर बा.४४ प २३१९ र पछाडीको नं. बा.४४ प. २३३९ रहेको पाईएको हो ।

कागज पत्र समेत नभएको पाईएपछि मोटरसाइकल चालक गोले सहत मोटरसाइकललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।