प्रहर खबर
 २०७९ आश्विन २१, शुक्रबार    

हेटौंडाका अटो व्यवसायीहरू आन्दोलनमा उत्रिए

२०७९ भाद्र २, बिहीबार १८:१७ बजे

हेटौँडा – हेटौंडाका अटो व्यवसायी तथा चालकहरू आन्दोलनमा उत्रिएका छन् । हेटौंडा उपमहानगरपालिकाले विभेदकारी नीति बनाएर आफूहरूको रोजिरोटी खोसेको भन्दै अटो व्यवसायी तथा चालकहरू आन्दोलनमा उत्रिएका हुन् ।

 २०७६ साल पुसको ७ गतेको बैठकबाट हेटौंडा उपमहानगर क्षेत्रमा थप तीन पाङ्ग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । उपमहानगरपालिकाले सो अवधिसम्म दर्ता भएका तीन पाङ्ग्रे सवारीसाधनलाई मात्र नगरक्षेत्रभित्र सञ्चालन गर्न दिने गरी ‘ग्रिन स्टिकर’ टास्न सुरू गरेको थियो । त्यसयता दर्ता भएर सञ्चालनमा रहेका अटो व्यवसायी तथा चालकहरुले अटोसहित हेटौंडा उपमहानगरपालिकाको गोट अगाडी धर्ना दिएका छन् ।

यातायात व्यवस्था विभागले रुट परमिट दिएर व्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि उपमहानगरपालिकाले रोकेको कारण आन्दोलन गर्न बाध्य भएको अटो व्यवसायी तथा चालक किशु तामाङले बताए । स्टीकर टाँसिएका अटो मात्रै उपमहानगर क्षेत्रमा चल्न पाउँने भन्दै ट्राफिक प्रहरीले दुःख दिने गरेको अटो चालकहरु बताउँछन् । 

लाइसेन्स, मकवानपुर जिल्ला भरि चल्ने पाउँने रुटपर्मिट भएपनि उपमहानगरको विभेदकारी नीतिका आफुहरुलाई समस्यामा परेको उनीहरुको भनाई छ । आफुहरुले हेटौँडा बजार क्षेत्रमा अटो सञ्चालन गर्न नपाए आफुहरुको ब्यवसायनै समाप्त हुने भएकोले समस्या तत्काल समधान गर्न माग गरेका छन् ।