हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.१२ फास्ट ट्रयाकस्थि सुरुङमार्गभित्र बुधबार दिउँसो काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा बारा निजगढ घर भई हाल बकैया–१२ सुरुङमार्गमा काम गरी बस्ने बर्ष २७ को बिमल थिङ रहेका छन् । उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तनहुँ घर भएका काम गरी बस्ने अन्दाजी २८ वर्षीय राजु बिक गम्भीर घाइते भएका छन् । गम्भीर घाइते विकको हेटौंडा ११ मा रहेको सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।