बकैया – लोकतान्त्रिक बाम गठबन्धनतर्फ क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले आफु देशलाई निकास र यस क्षेत्रको विकास गर्न आएको बताउनुभएको छ । सोमबार बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुरमा आयोजित चुनावीसभामा बोल्दै उहाँले यस क्षेत्रमा गर्व गर्न लायकको विकास गरेरै छाड्ने दाबी गर्नुभयो ।
‘मैले कुनै लाभ पाउने अभिलाषाले यो चुनाबमा आएको होइन, उहाँले भन्नुभयो–‘देशलाइ निकास चाहिएको छ, यो क्षेत्रलाई समृद्ध बनाउनु छ र मेरो एउटै उद्धेश्य नै यहाँहरुको माझमा रहेर गर्व गर्न लायकको विकास गर्ने हो ।’
उहाँले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि , पुल–पुलेसा जस्ता जनताको दैनिकी जिवनसंग सम्बन्धित विषयलाई योजनाबद्ध ढंगले विकास गरिने बताउनुभयो । त्यसका लागि केन्द्रदेखि प्रदेशका सरकारमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने र त्यो सुनिश्चितता यहाँले जनताले बनाउनुपर्नेमा जोड दिनुभयो ।
चिन्ता नलिनुस् ! मत संरक्षण गरिदिनुस् बाँकी जिम्मेवारी मेरो हो ः छिन्तु
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले गठबन्धनको मत संरक्षण गर्न मतदातालाई आग्रह गर्नुभएको छ । बकैया गाउँपालिका वडा नम्बर ९ शिखरपुरमा आयोजित चुनाबीसभालाई सम्बोधन गर्दै उहाँले जनताले मत संरक्षण गरिदिएमा यस क्षेत्रलाई विकास र समृद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताउनुभयो ।
‘अघिल्लोपटक मलाई जिताउनुभयो, मैले सकेको विकास गरे छिन्तुले भन्नुयभयो– ‘यसपटक फेरी आएको छु, गठबन्धनको मत संरक्षण गरिदिनुस् बाँकी के–के गर्नुपर्ने ?कहाँ–कहाँ विकास गर्नुपर्ने त्यो सबै जिम्मेवारी मेरो हो, तपाईहरुले चिन्ता लिनुपर्दैन । ’
उम्मेदवार छिन्तुले यस क्षेत्रमा व्याप्त रहेको लालपुर्जाको समस्यालाई गठबन्धन सरकारले छिट्टै निकास दिएर सबैको हात–हातमा लालपुर्जा थमाइदिने बाचा पनि गर्नुभयो । आफु अरुजस्तो चुनाब जितेर गएसी भाग्ने खालको नभएको बताउँदै उहाँले एक मिनेटको समय पाएपनि त्यो जनताकै लागि खर्चिने जिकिर गर्नुभयो ।
गठबन्धनकी प्रचारप्रसार संयोजक ठुलीमाया मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, माओवादी मकवानपुर जिल्ला संयोजक सर्केश घलान , माओवादी बागमती प्रदेश सदस्य जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्बर १ प्रचारप्रसार संयोजक दामोदर खनाल, वाइसिएल नेपालका केन्द्रिय सचिव सुमन पाख्रिन, माओवादीका बागमती प्रदेश सदस्य लक्ष्मी माझी लगायतको सहभागिता रहेको थियो ।
यस्तै लोकतान्त्रिक बाम गठबन्धनले बकैया वडा नम्बर ९ कै च्याउच्याउ र वडा नम्बर ८ मा पनि चुनाबीसभा गरेको छ ।
एमाले त्यागेर ६ जना माओवादी केन्द्रमा प्रवेश
यसैबिच, बकैया ५ कर्मचुलीमा आयोजना गरेको टोलसभामा नेकपा एमाले परित्याग गरी ६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी प्रवेश गर्नेहरुमा मान बहादुर राना, शुक्र बहादुर राना, चक्र बहादुर राना, झलक राना, सन्त बहादुर राना र टंक बहादुर राना रहेका छन् ।
उनीहरुलाई नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेशसभा उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले फूलमाला लगाएर स्वागत गर्नुभयो । पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै छिन्तुले गठबन्धनको विजय भए मुलुकले मुहार फेर्ने बताउनुभयो ।
देश लुट्नेहरुको समय सकिएको बताउँदै उहाँले अब गठबन्धनको जितसंगै नयाँ युगको सुरुवात हुने भनाई व्यक्त गर्नुभयो । टोलसभा गठबन्धनका अमर घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो ।