प्रहर खबर
 २०८१ जेठ ८, मंगलबार    

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० श्रावण २८, आईतबार १४:०२ बजे

हेटौंडा – मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नं.५ बस्ने ५२ बर्षीय वीर बहादुर परियार रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार साँझ ४ बजे आफ्नै घरमा फ्यान जोड्ने क्रममा परियारलाई करेन्ट लागेको थियो । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो । परियारको साँझ ७ बजेर ५५ मिनेटमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।