हेटौंडा - मकवानपुरको मनहरी गाउँपालिका - ७ ज्यामिरेमा सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका-९ बस्ने २२ बर्षीय शम्भु गिरि र पछाडि सवार सोही स्थान बस्ने २१ बर्षीय सुशिल गिरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
उनका अनुसार पुर्व-पश्चिम राजमार्ग अन्तरगत गएराति सडक छेउमा बिग्रिएर रोकि राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकको पछाडि भागमा चितवन तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जना घाइते गम्भीर घाइते भएका थिए । उनीहरु दुबैको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा डाक्टरले मृत घोषणा गरेको उनले बताए ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।