प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारी दुर्घटनामा घाइते भएका न्यौपानेको मृत्यु

२०८१ पौष ३, बुधबार ०८:३० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, रजजयन्ती चोकमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गमा ना ६ ख ३३७६ नम्बरको कनिका लोड ट्रक वीरगञ्जबाट हेटौंडा तर्फ आउँदै गर्दा रजजयन्ती चोकबाट दाहिनेतर्फ मोडिने क्रममा अगाडि आएको साइकललाई बचाउने प्रयासमा ट्रक सडकको छेउमा सुतेका व्यक्तिलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलका ३३ वर्षीय श्रीकृष्ण न्यौपानेको बाँया खुट्टाको घुँडा मुनीको भाग ट्रकले किचेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएपछि थप उपचारका लागि नारायणी समन्वयमा भरतपुरस्थित ऐलाईफ अस्पताल रिफर गरिएको थियो।

पुस २ गते बिहान ७ः०० बजे श्रीकृष्ण न्यौपानेको उपचारका क्रममा मृत्यु भएको अस्पतालका चिकित्सकले पुष्टि गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घटनाका प्रत्यक्षदर्शी र छिमेकीका अनुसार न्यौपाने बजार क्षेत्रमा मजदुरी गर्दै आएका थिए र प्रायः बजारमै खाने, बस्ने गर्थे। साइकललाई ट्रकले नछोएको र दुर्घटना स्थल राजमार्गको हेटौंडा बजारबाट करिब २ किलोमिटर पश्चिम रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव भरतपुरस्थित ऐलाईफ अस्पतालमा राखिएको छ। यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।