हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेक प्वाईन्टबाट शुक्रबार लागुऔषध गाँजा सहित दूई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बहुद्रामाई नगरपालिका–६ गमरीया बस्ने ४७ बर्षीय हिरालाल शाह र बारा बस्तिपुर बस्ने ४८ बर्षीय धुरन साह रहेका छन् ।
पूर्वपश्चिम सडकखण्ड अन्तर्गत नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २७५८ नम्बरको यात्रुबाहक बसलाई रोकेर प्रहरी चौकी रातोमाटेको प्रहरीले चेकजाँच गरेको थियो । उक्त बसमा सवार शाहद्वयले बोकेको झोलाबाट ५ किलो लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनिजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।