हेटौंडा – मकवानपुुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ५, पिप्ले सचेतटोलमा स्कुटरको ठक्करबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा हेटौंडा–५ निवासी हरिहर पुडासैनीको छोरी अन्दाजी ७ बर्षिय बिनिसा पुडासैनी रहेकी छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका पिप्ले चोक तर्फबाट मास्टर चोक तर्फ जाँदै गरेको नम्बर नखुलेको स्कुटरले घर नजिकै बाटो छेउमा खेली रहेकी बिनिसालाई ठक्कर दिदा टाउकोमा चोट लागेको छ । ठक्करबाट गम्भीर घाईते भएकी बालिकालाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने स्कुटर चालक फरार रहेको र स्कुटर चालकको खाजतलास भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।