काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबारबाट नवौं चरणका खेलहरु सुरु हुँदैछ । यस चरणमा शनिबार तीन खेलहरु हुँदैछ । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । त्यस्तै च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । मनाङ र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।