हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१४ कालापानीमा दुई युवकबीच कुटाकुट हुँदा छेउमा बस्ने एक ब्यक्ति घाइते भएका छन् । घाइते हुनेमा स्थानीय राम बहादुर थिङ रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार दिउँसो स्थानीय २२ बर्षीय सुकराज थिङ र २३ बर्षीय बुद्ध मोक्तानबीच कुटाकुट भएको थियो । कुटाकुटको क्रममा नजिकै बसेका राम बहादुरलाई धकेलेर लडाएपछि उनी घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।
घाइते रामको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिट संलग्न दुबै युवक फरार रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।