हेटौंडा – मङ्सिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ मा सहभागि हुन आएका समर्थकहरुलाई मध्यरातमा लखेट्दै गरेको भिडियो बाहिरएको छ ।
राष्ट्रिय युवा संघका कार्यकता बताउने युवाहरुले मंगलबार राति काठमाडौंस्थित एक पार्टी प्यालेसमा राती सुतिरहेको एक महिलाको समुहलाई गुण्डागर्दीशैलीमा उठाएर तत्काल काठमाडौंबाट छाड्न दबाव दिएको भिडियो सामाजिक सञ्जाल भरी फैलिएको छ । त्यस्ता भिडियो २ मिनेट २० सेकेण्ड र १ मिनेट ४९ सेकेण्डको दुई वटा प्राप्त भएको छ ।
२ मिनेट २० सेकेण्डको भिडियोको सुरुमै भिडियो खिच्दै एक युवाले भन्छन्, “दुर्गा प्रसाईलाई फोन गरेर भन्नु त युवा संघका कार्यकर्ताले लखेट्यो भनेर ” “गैहाल्नु गैहाल्नु” ती युवाले थप्छन् । भिडियोमा एउटा ठुलोको कोठामा लमबद्द भएर महिलाको एक समुह सुतिरहेका देख्न सकिन्छ ।
ती युवाले ७ गतेको कार्यक्रममा आउनु भएको हो भनेर प्रश्न गर्छन् । ती महिलाहरुबाट जवाफ आउँदैन । युवा पुनः त्यही प्रश्न दोहोर्याउँछन् । एक महिलाले “हामी जान्छौँ हो, जान्छौँ लुगा लगाउँन त दिनु हामीलाई” भन्छिन् ।
एक युवाहरुको समुहले एक होटलमा सुतिहरेका महिलाको समुहलाई उठाएर बाहिर निकाल्छन् । उनीहरु इटहरीबाट आएको भिडियोमै भनिएको छ । कोठाबाट बाहिर निस्कने क्रममा एक महिलाले “आजको राती यहि बस्नु दिनु, भोली बिहान जान्छौँ” भन्दै आग्रह गर्छिन ।
तर, ती युवाहरुको समुहले हुदैन, हुँदैन भन्दै आग्रह अस्वीकार गर्छन् । यो भिडियो चाबहिलस्थित एक पार्टी प्यालेसमा कैद गरिएको बताईएको छ । यद्दपी कसले कैद गर्यो ? त्यहा पुग्ने युवाहरुको पहिचान भने खुलेको छैन । यस्तो गतिविधि अराजकक्ताको पराकाष्ट, गुण्डागर्दीतन्त्र, मानवताहरुएको भन्दै सामाजिक सञ्चालमा विरोध भइरहेको छ ।
प्रसाईंका समर्थक रहेक रविन अर्यालले युवा संघका कार्यकर्ताले अमानवीय तवरले संवेदनहीन काम गरेको बताए । उनले सञ्चारमाध्यमसँग भने,‘ इटहरीबाट आएको हाम्रो ग्रुपलाई चाबहिलको पार्टी प्यार्टी प्यालेसमा राखेका थियौँ, युवा संघले लखेटेको रहेछ । त्यसरी महिलाहरू सुतिरहेको ठाउँमा पुगेर संवेदनहीन तवरले लखेट्नु हुने थिएन ।’
यता युवा संघका प्रवक्ता निरोज पौडेलले भने प्रसाईं समर्थकहरूलाई आफूहरूले लखेट्ने काम नगरेको बताए । उनले भने,‘ युवा संघको बदनाम गर्न हाम्रो नाम लिएको देखियो, मैले पनि भिडियोमा युवा संघको नाम सुनेको थिएँ, यदि युवा संघकै साथीहरू संलग्न देखिए कारबाही हुन्छ ।’