हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङबाट प्रहरीले दुई जना चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका वडा नं.१ बस्ने बर्ष २३ को दिलिप साह कानु र सोही स्थान बस्ने बर्ष २० को भरत कुमार साह कानु रहेका छन् ।
हेटौंडास्थित निर्माणाधिन विद्युत शव स्टेशनमा तामाको तार र रड करिब ७ किलो चोरी गर्दै गरेको अबस्थामा मंगलबारराति सामान सहित कानुद्वयलाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको बताईएको छ ।